Skip to content

सहीदले सरापेको भूटानी ॴन्दोलन

गंगा लामिटारे, अमेरिका

जुलाइ २८,२०२४

मृत्युका दूइ रूप छन् । एउटा स्वाभाविक मृत्यु र अर्को अस्वाभाविक वा अकाल मृत्यु । काल मृत्यु वा स्वाभाविक मृत्यु भनेको त्यो हो जो बृद्ध अवस्थासम्म बाँचेर जीवनको अवसान हुन्छ । निर्धारित उमेरसम्म बाँचेर त्यसपछि मृत्यु वरण गर्ने प्रकियालाई स्वाभाविक मृत्यु भनियो । त्यस स्वाभाविक मृत्युबारे भन्नु त्यति केही पनि छैन । यो निरन्तर चल्ने प्रक्रिया हो । प्राणीका लागि जन्म र मृत्यु शास्वत सत्य हो । मृत्यु समय हो र साक्षात इश्वर पनि हो भन्ने जान्दा जान्दै पनि मानव जातिका लागि आतङ्कित र भयावह छ मृत्यु । संसार नै मृत्युबाट चलायमान छ । जति नै पीडादायी र भयावह भए पनि साबिक मृत्यु सर्ब स्वीकार्य छ । तर कुरो रह्यो अकाल मृत्युको । अब यसबारे पनि अलिकति चर्चा गरिहालॏ ।

अस्वाभाविक वा असामयिक मृत्यु त्यो हो जुन समय नपुगी प्राणीको जीवन लीला समाप्त हुन्छ । चाहे रोग लागेर होस, आत्मघात गरेर, लडेर, पानीमा डुबेर, दैवी प्रकोपबाट, मानव निर्मित प्रकोपबाट, जलेर वा गलेर, प्रत्यक्ष वा अप्रत्यक्ष, प्रत्यासित वा अप्रत्यासित । कसैबाट मारियोस् वा स्वयं मारियोस् । जानाजान होस् वा अन्जान दुर्घटनाबाट । हरेक प्राणीका लागि असह्य, दुखदायी, बडो गम्भीर र त्रासदीपूर्ण हुन्छ, मृत्यु ।

यस्तै अकाल र कठोर मृत्युको सिकार बने, थुप्रै हाम्रा अग्रज समाजसेवी मित्रहरू । जसराज गुरूङदेखि गोबिन्द रिजालसम्मका सबै अग्रजहरूको साबिक मृत्यु भएन । अस्वाभाविक मृत्युको सिकार बने । १९९० पछि झन् अकाल मृत्युको शृङ्खला तेब्बर भएर उर्लियो । केही वर्षको अन्तरालमा थुप्रै नेताहरूको अवसान भयो । नेता रोङथोङ किल्ले दोर्जी, आर के बुढाथोकी,आर बी बस्नेत ,किशोर राइ,देवीभक्त लामिटरे र डा भम्पा राइ । यो त एउटा उदाहरण मात्र हो । अप्रत्यक्ष कति मरे । कति मारिए त्यसको कुनै लेखाजोखा छैन । तर देश र जनताका लागि जो जो क्रियाशील थिए, तिनीहरू सबै समाहित भए मृत्युको गर्भमा । डा राइको मृत्युपछि भूटानी शरणार्थीको मुद्दालाई राष्ट्रिय र अन्तराष्ट्रिय मञ्चहरूमा बुलन्द गर्दै आएका अर्का एक होनवार व्यक्तित्व डा गोबिन्द रिजालको पनि असामयिक निधन भयो, केही महिना अघि मात्र । एउटा पीडा नसकिदै अर्को पीडाको प्रहार । शोकमाथि पीडा र पीडामाथिको शोकबाट थिलथिलिएको छ भूटानी समुदाय । रिजालको असामयिक र दुखद मृत्युबाट विग्क्षिप्त छ, भूटानी समुदाय । रिजालको अप्रत्यासित मृत्युपछि भूटानी मानवअधिकारको लडाइँ बिल्कुलै टुहुरो बनेको छ ।

 यद्यपि रिजाल कुनै नेता अभिनेता होइनन् तर भूटानी समाजलाई दिएको उनको निस्वर्थ योगदान भने बिर्सिन लायकको छैन । तर संझिने कसले ? प्रश्न गम्भीर छ । रिजाल पनि हाम्रा अग्रज आर के, भम्पा, आर बी, रोङथोङ र लामिटारे जस्तै अब हाम्रा स्मृतिबाट हराउँदै जानेछन् । र उनी एकादेशको कथा जस्तो मात्र हुनेछन् ।

कवि सिद्धिचरणले भनेका छन्, ‘बन्दैन मुलुक दूईचार सपुत मरेर नगए’ । देश बन्नका लागि दूइ चार सपुतले ज्यान अर्पण गर्नै पर्छ । स्वार्थरहित बली बेदीमा प्राणको आहुति दिनै पर्छ र मात्र देश बन्छ । यो भनाइ अन्य देशहरूमा चरितार्थ भयो होला तर भूटानमा कहिले लागु भएन । कयौं सपुतहरू मारिए, मरे तर पनि जनता न देशका लागि हुन सके न देश नै जनताका लागि हुनसक्यो । परिवर्तन एउटा असीमित पीडाको छाप र मृगतृष्णा मात्र बनेर रह्यो, दिमागमा । ज-जसले देश र जनताको न्यायिक संघर्षको नेत्रित्त्व गरे प्रायः तिनीहरू सबैले कठोर भन्दा कठोर मृत्यको सिकार हुनुपर्यो । विभिन्न कालखण्डमा कोही गोली ठोकी मारिए । केही भाला रोपी मारिए । कोही छाला लुछी लुछी मारिए, कोही जिउँदै छालाको धोक्रोभित्र कोचेर नदीभित्र फालिए । कोही तान्त्रिक टुनामुना गरेर मारिए । यसरी कुकुर सरह मारिइरहे देश र जनातको हक र अधिकारका लागि लड्ने कयॏ योद्धाहरू । तर जनताका हत्यारा र कठोर मृत्यका आविष्कारकहरू भने जीवितै ठङठङ हिँडिरहेका छन्, मोज र मस्तीमा रमाइरहेका छन्, र अत्याचार छोप्न अहिले संसारलाई खुसी बाँडिरहेका छन् । यो कस्तो बिडम्बना । भूटानमा परिवर्तनका लागि हजारॏ वीरहरूले ज्यानको आहुति दिए र पनि भूटानी जनताको न्यायिक संघर्ष कहिले सफल हुनसकेन । अर्थात नेताहरूको अप्रत्यासित मृत्युको कारण नै कुनै पनि आन्दोलन सफल भएनन् । यसरी विभिन्न कालखण्डमा भएका आन्दोलनहरूले असफलता मात्र प्राप्त गर्नु र नेतृत्वहरूको शृङखलावद्ध असामयिक निधन हुनुले थुप्रै शङ्का र उपशङ्का जन्माएको छ, समाजमा । भूटानी आन्दोलनका योद्धाहरूको असामयिक मृत्युहुनुमा कतै भूटानी शासककै षड्यन्त्र, टुनामुना र कालो जादू नै बाधक र घातक बनेको त होइन भन्ने प्रश्न पनि धेरैको छ । तर त्यसको अहिलेसम्म सही खोज र अनुसन्धान भएको छैन ।

भूटानी प्रजातान्त्रिक ॴन्दोलनाको क्रममा २०२२ भयाङकर त्रासदी बनेर ॴयो, भूटानीहरूका लागि । नेताहरूको असामयिक निधनको अविराम शृङखलानै चल्यो यस वर्ष । यसै वर्षको प्रारम्भमा भूटानी क्रान्तिकारी लेखक देवीभक्त लामिटारेको अवसान भयो । उनी दन्किँदो भूटान र हिमालयस्थ देशहरूमा प्रजातन्तत्रको हत्या जस्ता चर्चित कृतिका लेखक मात्र थिएनन्,भूटानी प्रजातान्त्रिक ॴन्दोलनका एक साक्षी र पथप्रदर्शक पनि थिए । उनका योगदानका बारेमा न चर्चा नै भयो न त कसैले उनको नाममा दूइ थोपा आँसु नै झार्यो न श्रद्धाञ्जलिका लागि दूइशब्द नै व्यक्त गर्यो ।

लामिटारे बितेको ४ महिनापछि पुनः देश स्फिर्ती ॴन्दोलनका एक अगुवा युवा नेता किशोर राइ बिते । उनी भूटानी मानवअधिकारवादी संस्था ह्युरोपका संस्थापक सदस्य र भूटानी शरणार्थी स्वदेश फिर्ति समितिका महासचिव पनि थिए । विस्थापित भूटानीहरूको अभिलेखीकरण गर्नमा उनको धेरै ठूलो योगदान मात्र थिएन, शिविर-संरचना र स्थापनाका एक कुशल योजनाकार पनि थिए,उनी ।

किशोर राइको काजकिरिया पनि नसकिदै फेरि भूटानी ॴन्दोलनमाथि अर्को बज्र प्रहार भयो । भूटानी जन आन्दोलनका एक सशक्त खम्बा डा भम्मा राइको असामयिक निधन भयो । उनको निधनले भूटानीलाई तरङ्गित मात्र पारेन, स्तब्ध र मर्माहत पनि बनायो । उनको मृत्युपछि शरणार्थी आन्दोलन बिल्कुलै टुहरो भयो ।

डा राइको मृत्युको दूइ वर्षपछि पुनः अर्का वैज्ञानिक डा गोबिन्द रिजालको पनि असमायिक निधन भयो । उनको मृत्यु पनि अहिलेसम्म रहस्यमय नै बनेको छ । ३ जनासँगै हिँडिरहेको अवस्थामा उनलाई नै मात्र किन ठक्कर दियो बसले ? उनी मात्र मारिनु र सँगैका अरू दूइजना साथीहरू चाहिँ बाँच्नुले पनि थुप्रै शङ्का र उपशङ्काहरू जन्माएको छ । रिजलको मृत्यु बसको ठक्करले भएको हो भन्नेमा कसैको विश्वास छैन । रिजालको यस रहस्यमय मृत्युमा अप्रत्यक्ष भूटानी शासकै षड्यन्त्रको जालझेल रहेको भन्ने अनुत्तरित प्रश्न छ, धेरैको ।

 डा भम्पा राइको मृत्युपछि बिलयको शङ्घारमा पुगेको शरणार्थी मुद्दालाई राष्ट्र र अन्तराष्ट्रिय मञ्चहरूमा बुलन्द गरिरहेका थिए, रिजाल । कहिले, बोलेर, कहिले लेखेर र त कहिले चर्को बहसहरू गरेर समग्र भूटानी जनताको न्याय र अधिकारको पक्षमा जुटिरहे रिजाल । उनले आफ्नो भूटानी पहिचान कहिले पनि बिर्सिएनन् । उनी जहाँ जहाँ पुगे र जुन जुन देशमा गए, त्यहाँ पनि भूटानी नागरिक कै प्रतिनित्व गरे । स्वाभिमान र प्रतिष्ठालाई सदैव उच्च ठान्ने रिजालले तेस्रो देश पुनर्रस्थापनको कार्यक्रमलाई कहिले स्वीकारेनन् । पुनर्वासमा पहिचान बिहीन भएर बाँच्नुभन्दा जतिनै तिरस्कृत भए पनि शरणार्थी भएरै मर्नुलाई उनले जीवनको लक्ष बनाए र अन्ततः त्यसै पनि गरे उनले । उनी जति बाँचे, आत्मसम्मानका साथ बाँचे । स्वाभिमानी भएर बाँचे । शरणार्थी भएर पनि छातीमा देश र मस्तिष्कमा राष्ट्रियता बोकेर बाँचे ।

सौम्य, शान्त र मृदुभाषी ! असाध्य मिलनसार ! ज्ञान विज्ञान र इतिहासका अब्बल प्रतिभा, एक सशक्त साहित्य सृर्जक, समुदाएको बुलन्द आवाज र एउटा अन्तरराष्ट्रिय स्तरका कृषि वैज्ञानिकका साथै भूटानी आन्दोलनको एउटा सशक्त योद्धा पनि थिए,डा गोविन्द रिजाल ।

रिजालको यस दुःखत अवसानबाट समाजलाई निर्मम क्षति भएको छ । यो क्षति पुरा गर्न वर्षॏ लाग्नसक्छ । कर्म र सेवामा निष्ठ यस्ता व्यक्तिको जन्म बिरलै मात्र हुन्छ, समाजमा । रिजाल जस्ता प्रतिभा र निष्ठावान व्यक्तिको आवश्यकता छ समाजलाई । त्यसैले रिजाल फेरि जन्मनुपर्छ र भूटानी जनताका हक र अधिकारको अधुरो सङ्घर्षलाई पूर्णता दिनुपर्छ ।

हुन त जुन समाजले ॴफ्ना अग्रजहरूका त्याग, तपस्या र योगदानलाई बिर्सन्छ र बेवास्ता गर्छ त्यस समाजको पतन निश्चित छ। भूटानी शासकले जेलमा बरबर्तापुर्वक मारेका र सिधै गोली ठोकी हत्या रेका मात्र सहीद होइनन्, ती पनि सहीद नै हुन् जसले देश र समाजका लागि आफ्नो जीवनको उत्सर्ग गरे । अग्रज तथा सहीदप्रतिको सम्मान देख्ता लाग्छ, कतै हामी पनि पतनतिरै उन्मुख हुँदै त छौनौ भन्ने ? जीउँदै छालाको धोक्रामा हालेर सुनकोस नदीमा डुबाएर मारिएका महासुर क्षेत्रीलाई त बिर्स्यौं बिर्स्यौ हामीले तर भूटानी जनताको हक र अधिकारका लागि सिङ्गो जीवन नै समर्पण गर्ने १९९० पछिका अग्रजहरूलाई समेत बिर्सिदै छॏ हामीले । अग्रजहरू भन्थे ‘सहीदले सरापेको भूटानी ॴन्दोलन’ । वास्तवमा उनीहरूको भनाइ सही र सान्दर्भिक पनि लाग्छ । ॴजसम्म कुनै पनि संघर्ष र क्रान्तिहरू सफल नहुनुमा कतै सहीदहरूको सरापनै बाधक र घातक बनेको त होइन ? सोचौं

अन्तमा दुखको कुरा अकाल मृत्युवरण गर्ने हाम्रा अग्रजहरूका लागि श्रद्धाञ्जलिका नाममा रिप लेख्न बाहेक अन्य केही गर्न पनि सकेनॏ, हामीले । उनीहरूप्रतिको सच्चा सम्मान त्यतिबेला हुनेछ, जतिबेला हामीले उनीहरूको संझना गर्ने एउटा निश्चित थिति, मिति तय गर्नसक्नेछॏ । जुन निर्धारित मिति वा दिवसले सहीदप्रति संझना गर्ने र भूटानसँग जोड्ने एउटा अबिरल साझा सद्भावनाको विकास गर्नसकोस् । र विश्वमा छरिएर पहिचान बिहीन बन्दै गएको हाम्रो भावी पुस्तालाई एकत्रित, संगठित गर्दै पुरूखामाथि भएको अन्यायप्रति सदैव जिम्वारीबोध गराउन सकोस् भन्ने कामना सहित मेरो असीम सम्झना र श्रद्धासुमन सबै अग्रजहरूप्रति । अस्तु

Latest Posts

अरुले तोकिदिएको मेरो नियति

चौथो राजा थिम्पुमा जन्मनु भन्दा तीन वर्ष अघि चिराङमा मेरा पिताजी जन्मनु भयो । यी दुई ठाउँको दूरी
Read More

Bhutan Built Berlin Wall is Yet to Fall Down

The pull down of Berlin wall, in 1990, reunified East and West Germany. Many people returned from West
Read More

John McCain in Bhutan

Mc Cain lacks supporters even in this part of the world. One month after the election in the
Read More
No results found.