Skip to content

कीर्तिपुर बस दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक गोविन्द रिजालको मृत्यु

काठमाडौं : कीर्तिपुरमा भएको बस दुर्घटामा त्रिभुवन विश्वविद्यालयका कृषि अध्ययन संस्थानका प्राध्यापक डा. गोविन्द रिजालको मृत्यु भएको छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता दिनेशराज मैनालीले बस दुर्घटनामा प्राध्यापक डा.रिजालको मृत्यु भएको पुष्टि गरेका हुन्। उनको आइतबार अपरान्ह ३ बजेर १० मिनेटमा कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो।

आइतबार दिउँसो कीर्तिपुरबाट रत्नपार्क जाँदै गरेको बा.३ ख.२०२७ नम्बरको बस कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना भएको थियो।  दुर्घटनामा तीनजना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको कीर्तिपुरमा र एकजनाको ट्रममा सेन्टरमा उपचार भइरहेको छ।

ट्रमा सेन्टरमा  बसका चालक २७ वर्षीय रमेश लामाको उपचार भइरहेको छ। उनको दाहिने खुट्टामा चोट लागेको छ। दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Source: Annapurna Post

Latest Posts

अरुले तोकिदिएको मेरो नियति

चौथो राजा थिम्पुमा जन्मनु भन्दा तीन वर्ष अघि चिराङमा मेरा पिताजी जन्मनु भयो । यी दुई ठाउँको दूरी
Read More

Bhutan Built Berlin Wall is Yet to Fall Down

The pull down of Berlin wall, in 1990, reunified East and West Germany. Many people returned from West
Read More

John McCain in Bhutan

Mc Cain lacks supporters even in this part of the world. One month after the election in the
Read More
No results found.