न्यानो न्यानो घाम थियो फूलैफूलको याम थियो ।
जुन फूल टिप्न खोजें त्यसमा तिम्रो नाम थियो ।
मायालाईऽ पुजें मैले तिमीलाई नै देवी ठानें
जहाँ तिम्ले पाउ टेक्यौ, त्यहीं मेरो धाम थियो ।
तिमीलाईऽ देखेपछि, नियत खराब हुन्न कस्को
तिमीलाईऽ हर्न खोज्ने, रावण हैन राम थियो ।
सबै भए पराई मैले माया गर्दा तिमीलाईऽ
मेरो बैरी मेरै घर, अनि मेरै गाम थियो ।
किन सार्है मन दुख्यो भनी छाती खोली हेर्दा
मुटुभरि पिरतीको चोटको निलऽडाम थियो ।
जस्तो पनि चल्छ भन्छन् माया अनि लडाईंमा
मलाई टाढा बनाउने भन्छन् तिम्रै काम थियो ।
धनले सबै किन्न हुन्छ भन्ने सोचाइ कसको होला
करुणलाई किन्नलाई खामभित्र दाम थियो ।
2011 July