Skip to content

बेलडागीमा दशैं, युएनएचसीआरलाई आशिष

“…युएनएचसीआरले कुरा बुझोस

प्रकृया चाडै मिलोस

चाडै भूटान फर्किन मिलोस…”

यो बेलडाँगी तीन शिविरको सेक्टर ई-३ छाप्रो नं ४३का देविचरण आचार्याले दिने दशैंको आशिषको अंश हो। एकासी बसन्त खर्च गरिसकेका आचार्या दम्पतिको यो वर्षको दशैं टिका, जमरा र आशिषमै बित्यो।

देविचरण आफ्ना माईला छोरा लोकनाथको परिवारसंग बस्दैआएकाछन। उनका अरु आधा दर्जन सन्तान आ-आफ्नो परिवार सहित अमेरिका पुगेको धेरै वर्ष भइसक्यो। उनको तेस्रो मुलुक जाने प्रयास बिफल भएको छ। अब उनिसंग भूटान वा अमेरिका जाने सपना देख्नु र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्च आयोग (युएनएचसीआर)ले कुरा बुझीदेओस भन्ने आशिष दिनु बाहेक बिकल्प देखिदैन।अमेरिका पुगेका अरु भूटानीले जस्तै देविचरण आचार्याले तेस्रो मुलुक पुनर्वासकालागि निबेदन दिए र आधादिन अन्तरबार्ता पनि दिए। अन्तरवर्ताको क्रममा सम्झनामा लपेटेको आठदशक लामो अनुभवको पोको खोले। पोकोबाट जे जे निस्कियो त्यही त्यही भने। यस्तै एउटा अनुभव भने जुन आचार्या दम्पति र अमेरिका बिच आग्लो बन्यो।

हकिकतः देविचरण आचार्या युवा हुँदा उनका पिता देवनारायण अचार्ज भूटानमा दानाबारी ब्लकका मंडल (ब्लक प्रमुख) थिए। मंडलको एउटा प्रमुख कार्य हुन्छ आफना ब्लकका रैतीलाई गोङडाहुल्ला (प्रत्येक वयस्क रैतीले सरकारलाइ तिर्नु पर्ने निशुल्क, अनिवार्य श्रम, प्रति वर्ष दुई महिना) मा पठाउनु। गोङडाहुल्ला अन्तरगत रोड खन्ने, दरवार बनाउने जस्ता कष्टकर काममा श्रमदान दिनुपर्छ। सो काम गर्नजानेले आफै खाने, बस्ने, यात्राको बन्दबस्त गर्नुपर्छ। गोङडाहुल्लामा जानेहरु कति उतै मर्छन कति घाईते, रोगी, अपाङ्ग भएर फर्किनछन। सरकारले कामको आवश्यकता अनुसार मंडललाई आदेश दिन्छ, मंडलले गाँउ गाँउ, घर घर गएर सरकारको परिपत्र पढेर सुनाउछन र गोङडाहुल्लाको मिति, समय, स्थानको जानकारी दिन्छन। उनका पिता सरकारी परिपत्र सुनाउन गाँउ घुम्दा देविचरण पनि साथ गएको र यस कार्यमा सहयोग गरेको अनुभव सुनाए। यहि कार्यले गर्दा अमेरिकी कानुन अनुसार उनि पिडक बने र अमेरिका छिर्न प्रतिवन्धित भए।

अमेरिका र युएनएचसीआरले यो बुझिदिए हुने थियोः भूटानको तानासाहीतन्त्र भित्र मंडलहरु पनि पिडित थिए, पिडित छन र पिडित हुन्। भूटानमा राजनैतिक प्रणाली सुधारको आन्दोलनमा गोङडाहुल्ला हटाउनु पर्ने माग पनि सुचिमा थियो। यो आन्दोलन दबाउन सरकारले लखेटेका लाखौं जनतामा सयौ मंडल, सांसद र तिनका परिवारजन पर्दछन्।

देविचरणको छाप्रो भन्दा केहि पर बेलडागी २ ई-३ छाप्रा नं ४० का खडानन्द भण्डारी (५३)को स्थिती फरक छ। उनि फगत एक्लै छन। उनका छोरा छोरी, श्रीमती, आफन्त मानिने सबै अमेरिकाको बिभिन्न ठाँऊमा पुनर्वास भैसके। उनको दैनिकी गोवर खोजेर घर लिप्ने, पानी र अन्न जो गर्ने, खाना पकाउने, भाँडा माझ्ने र पूजापाठमै सिमित हुन्छ।

जुनबेला उनका परिवारजनले तेस्रो मुलुक पुनर्वासकालागि निबेदन दिए त्येसबेला उनले कुरो राम्ररी बुझ्न सकेनन्, अमेरिकामा उनको धर्म र सँस्कृतिको सम्मान देखेनन्, उनि तेस्रो मुलुक पुनर्वास हुन मानेनन्, उनले परिवारलाई रोक्न सकेनन् र परिवारले उनलाइ लान सकेन। आज उनले धेरै बुझिसके र परिवारजन सँगको बिछोडले गलिसकेका छन। यस घडीमा उनको चेतनाबृदि र ईच्छा बुझिदिने र निवेदन सुनिदिने न कोहि छ, न सहयोग गरिदिने नै।

गल्तीः यो गल्ति कसको होः उनले समयमा कुरा बुझ्न नसक्नुको वा उनलाइ बुझाउन नसक्नेको?

बेलडागी २ सेक्टर सी ३ छाप्रा नं ६३ का टी आर रेग्मी, भूटानका एक समयका सांसद हुन र सामड्रुप-जोङखरका जन प्रतिनिधी थिए। भूटानको राष्ट्रिय सभामा आप्नो कार्यकालको बिचमै निर्वासित हुन पुगेका-त्यसैले उनलाई भुतपुर्व सांसद भनिदैन, रेग्मी भूटानमात्र फर्कन कम्मर कस्ने समुहका एक अगुवा हुन। हाल उनि शारिरिक रुपमा अस्वस्थ छन। सफा सुरुवाल, गन्जी र ढाका टोपी भित्र हाडछाला मात्र छ। शरिर सुकेर तौल बीस किलोमा झरेको छ। उनको बोलीलेमात्र उनकोसाथ छोडेको छैन, पहिले जस्तै धारा प्रवाह बोल्छन। स्वस्थकै कारण उनले लेखिसिध्याउनै लागेको भूटानको ईतिहास लेखनमा अल्पबिराम लागेको छ।

युएनएचसीआरलाई बिन्तिः सांसद टी आर रेग्मीको स्वस्थ स्थिति नाजुक भैसकेको छ। प्राय सबै शारिरिक बिरामीहरु एकान्त चाहान्छन र हीडडुल मनपराउदैनन् र सक्दैनन्। सांसद रेग्मी को हाल यस्तै छ। यस्ता सिकिस्त बिरामीहरुलाई झन्झटिलो प्रकृयामा नगइ, परिवार वा अभिभावकको सिफारिसमा, छिटो छरितो तरिकाले उद्धार गरिदिनु भए एक विद्धवान् अग्रजको कल्याण हुनेथियो।

माथीका स्थिती भूटानी शरणार्थी शिविरका प्रतिनिधी परिदृश्य मात्र हुन। प्रत्येक छाप्रोमा धेरै बिकराल स्थिती छ जुन विषयमा युएनएचसीआर अवगत छ। धेरैको मुखबाट सुन्नमा आएको तर यथेस्ठ प्रमाण नभएको विषय घुसखोरिको छ। सामान्य देखि जटिल स्थितीमा प्रकृया अघि बढाउन घुस दिनु पर्ने बाध्यता रहेको अप्रमाणित टिप्पणीहरु सर्वत्र ब्यप्त छन शिविरभित्र र शिविरबाहिर। युएनएचसिआरले पुनर्वास भइसकेका भूटानीहरुबाट तथ्य संकलन गरेर, भविश्यमा हुने घुसयन्त्र हटाउनसके एक प्रतिष्ठित संस्थाको छविमा दागलाग्ने थिएन।

शिविरको संख्या घटे पनि युएनएचसीआरले समहालेको जिम्मेवारी र सामना गर्नु पर्ने चुनौतीमा केहि कम नभएको हुनसक्छ। शिविरभित्र अव्यवस्थित बाख्रा, सुंगुर, कुखुरा, हाँस, खरायो पालन, अनियन्त्रित झार जंगल, पुराना झुप्राहरु ठुलै रोग संक्रमण वा बिपतको श्रोत हुनसक्छन। यस्ता अनेकौ जटिलता निराकरणको क्षमता युएनएचसिआरमा भएको सर्वविदितै छ। ठुलठुला समस्याको समाधान गर्दै जाँदा, असक्क्षम, सिमान्तकृत, एक्ला, दुर्बल, रोगीहरुमा पनि समयमै ध्यान पुगोस। वृद्ध देविचरण आचार्याको आशिषको यहि अर्थ हुनसक्छ र उनले दिएको आशिष लागोस।

Latest Posts

अरुले तोकिदिएको मेरो नियति

चौथो राजा थिम्पुमा जन्मनु भन्दा तीन वर्ष अघि चिराङमा मेरा पिताजी जन्मनु भयो । यी दुई ठाउँको दूरी
Read More

Bhutan Built Berlin Wall is Yet to Fall Down

The pull down of Berlin wall, in 1990, reunified East and West Germany. Many people returned from West
Read More

John McCain in Bhutan

Mc Cain lacks supporters even in this part of the world. One month after the election in the
Read More
No results found.